काठमाडौं। गीत–संगीतवाट प्राचिन कालमा आगो बाल्ने कार्य हुन्छ। अझ गीत–संगीतकै माध्यमवाट झम्म–झम्म पानी पनि पार्ने गरिएको त्यो प्राचिन इतिहास रहेको छ। आगो र पानी पार्न सक्ने संगीतको त्यो जादूमा डेढ दशकदेखि निरन्तर लागिपरेका नेपाली स्रष्टा रामकृष्ण श्रेष्ठले गीत गायनमा नै झम्म–झम्म पानी पारेका छन्।

गीतको वोल नै झम्म–झम्म पानी प-यो बोलको गीत गाएर नेपाली गीत–संगीतमा एक समय अत्यन्त चर्चा पाएका थिए। त्यो झम्म झम्म पानीमा मज्जाले रुंझेर गीत गाउने रामकृष्णको कलालाई सवैले रुचाएका थिए। यिनै गायक रामकृष्णले नयाँ गीत पनि गजबकै गाएका छन्। त्यो गीतको वोल नै रसिलो त्यो मायाको बोली रहेको छ। यो गीत यतिखेर निक्कै चर्चाको शिखरमा रहेको छ।

ख्यातिप्राप्त गीतकार डीपी परिश्रमीको शव्द तथा संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतमा रामकृष्णलाई गायिका जेनी खालिङले युगल गायनमा साथ दिएकी छन्। गीत–संगीतमा सानैदेखि रुचि राख्दैआएका रामकृष्णको गायन यात्रा भने विसं.२०६१ सालवाट भएको हो।

सूर्य भुजेलको प्रेरणावाट कम्मर कसेर गीत गायनमा लागेका रामकृष्णको पहिलो गीत लालुपाते फूल झै हाँस्न हो। यो पहिलो गीतमा नै रामकृष्णलाई नेपालकी ख्यातिप्राप्त गायिका सपनाश्रीले गायनमा साथ दिएकी थिइन्। पहिलो गीत नै बरिष्ठ गायिका सपनाश्रीसंग गाउंदा शुरुमा अलिकति डर तथा धेरै कौतुहलता उत्पन्न भएको अनुभव रामकृष्णले सुनाएका छन्।

अग्रज गायिका सपनाश्रीको गायनमा थप उप्रेरणा र सहयोगको कारण पहिलो गीत सुपरहिट नै बनेको रामकृष्णको ठहर रहेको छ। जसवाट गायनमा अझ कम्मर कसेर लाग्न थप प्रेरणा मिलेको रामकृष्णको भनाई रहेको छ। त्यसपछि लेकको कुहिरो, लेकको चौरी, जीवनसंग, रुपैको वोल जस्ता ३ दर्जन गीत गाइसकेका रामकृष्णको गायनमा सपनाश्री देखि मिलन अमात्यसम्मको साथ रहेको छ। अग्रज सांगीतिक स्रष्टा प्रेमकृष्ण बजगाइँ रामकृष्णको पहिलो सांगीतिक गुरु हो भने, त्यसपछि गुरुदेव कामत, नरहरि प्रेमी र सुरेन्द्र श्रेष्ठसंग थप सांगीतिक शिक्षा हासिल गरेका थिए।

गीत गायनको अलावा अभिनयमा पनि त्यतिकै दखलता राख्ने रामकृष्णले चलचित्र को हुँ म मा पनि अभिनय गरेका छन्। उक्त चलचित्रमा नेताको रोलमा अभिनय गरेका थिए। जसमा नायिका शुभेच्छा थापालाई बलात्कार गर्नुपर्ने दृश्य गर्नुपर्दा भने रामकृष्णलाई अलि गाह्रो परेको थियो। तथापि, स्वभाविक ढंगवाट बलात्कार गर्ने कार्य रामकृष्णवाट भएको थियो। पहिलो फिल्ममा नायिकालाई माया गर्नुपर्ने स्थानमा बलात्कार गर्नुपर्दा भने पीडा अवश्य भएको तथ्यलाई रामकृष्णले अस्वीकार भने गरेका छैनन्। त्यसको अलावा टेलिसिरियल सुनौलो संसारमा समेत अभिनय गरेका छन्।


अभिनयमा नेपाली आमिर खान नै उपनाम पाएका रामकृष्णको गीत लेखन तथा संगीत दिनुमा भन्दा गायनमा नै बढी रुचि रहेको छ। काठमाडौंको जोरपाटी अत्तरखेलमा जन्मेका रामकृष्णको स्थायी वसोवास साँखुको इन्द्रायणीमा रहेको छ। बाँचुञ्जेल गीत–संगीतमा लाग्ने प्रतिवद्धता जनाएका रामकृष्णको सोच, खोज नै गीत–संगीत नै रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।