Gyanendra-shaha 1काठमाडौ। विगत दुईहप्ता देखि पूर्वीनेपालको झापाको हिमालयन टि–स्टेटमा बस्दैआएका नेृपालका पूर्वराजा ज्ञानेन्द्र हाल गोप्य बार्तामा व्यस्त रहेको बुझिएको छ। ज्ञानेन्द्र निकट भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभु शमशेर राणालाई त्यस बार्ताका लागि बोलाएको र उनीहरु त्यहाँ पुगेका छन्।

नेपालको अवस्थाको बारेमा जानकारी लिन र आफ्नो धारणा बनाउन ती तीनजनालाई बोलाएर ज्ञानेन्द्रलाई बोलाएको नेपाल समाचारपत्र दैनिकमा उल्लेख रहेको छ। राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका ज्ञानेन्द्रको यो चालालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ १८ गते मंगलवार ।