काठमाडौ। झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राससका अनुसार, गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै क्षति नभएको प्रहरीको भनाइ छ। घटनालगत्तै शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताएका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १२ गते मंगलवार ।