काठमाडौं। नवोदित गायक प्रमोद महतको गायनमा ए–कान्छी बोलको गीतको भिडियो तयार भएर सार्वजनिक भएको छ।

गायक महत र सुजन खुलालको शव्द तथा पुष्कर सुनुवारको संगीत रहेको ए–कान्छी गीतको भिडियो सार्वजनिक भएको हो।

पूर्वी नेपाल झापाको परिवेशको गीतको भिडियोमा नेहा तामाङ, नरेन्द्र महर्जन, करण खतिवडा र सोमु गुरुङको अभिनय रहेको छ।

सौर्यल थापाको प्रस्तुति, सबिन अधिकारी र सगर बस्नेतको निर्माण रहेको गीतको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन।

प्रकाशन मिति–२०७७ साल कात्तिक ५ गते बुधवार ।