काठमाडौं। यादव भट्टराई निर्मित तथा निर्देशित चलचित्र झोलावाट अत्यन्त चर्चामा आएकी नायिका गरिमा पन्त यतिखेर बेखवर जस्तो बनिरहेकी छन्। यसो हुनुको कारणमा नायिका पन्त नेपाली चलचित्र उद्योगवाट टाढा भएर हो।

दुई बर्षअगाडि मात्र बेल्जियमवासी हरि शर्मा थपलियासंग विवाह गरेर बेल्जियममा नै बसोबास गर्न थालेपछि भने नायिका पन्त अलि ओझेलमा परेकी हुन्। चलचित्र झोलावाट दक्षिण एशियाकै सर्वोत्कृष्ट नायिकाको अवार्ड समेत पाएकी अत्यन्त प्रतिभाशाली नायिका पन्तलाई नेपाली चलचित्र उद्योगमा कोल्ड नायिका पनि भन्ने गरिन्थ्यो। मासुम अनुहार तथा भावुक अभिनयका कारण शायद नायिका पन्तलाई यसो भनिएको हुनुपर्दछ।

चलचित्र झोलामा बेजोड अभिनय गरेपछि भने, उनी गजबकी आँटिली अनि साहसी नायिकामा पनि दर्ता भएकी थिइन्। तरपनि, नायिका पन्तलाई कोल्ड भन्नेहरुको कमी भने थिएन। बेल्जियम पुगेपछि उनी कतिको कोल्ड भन्ने कुरालाई छर्लङ पारेकी छन्। कोल्ड भन्ने सवैलाई श्रीमानका साथमा हट फोटो सार्वजनिक गरेर कोल्ड भन्ने छविलाई हट बनाउने कार्य उनीवाट भएको छ। उनी हट बनेर सार्वजनिक बन्दा अझ गजब देखिएकी छन्।

शालिनताभित्र पनि कामुकता लुकेको हुन्छ भन्ने कुरालाई सामाजिक सञ्जालमा नायिका पन्तले सार्वजनिक गरेका फोटाहरुवाट पनि प्रमाणित भएको छ। फेरि नेपाली फिल्ममा कमब्याँक भएमा हालका सवै नायिकालाई उनले पछाडि पार्ने निश्चित जस्तो देखिएको छ। तर, उनले फेरि कमब्याँक हुने या नहुने केही जनाउ भने दिएकी छैनन्।


प्रकाशन मिति–२०७५ साल असोज ७ गते आइतवार ।