Nitako Romance 6काठमाडौ। पछिल्लो समयमा एक पछि अर्को हिट गीत दिएर स्रोता तथा दर्शकको मन जित्न सफल टंक बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ।

Nitako Romance 3

टंकले युट्युव मार्फत माया पिरिमको धेरै छन् कथा… सार्वजनिक गरेका हुन् । उनकै स्वर, संगीत र ऐरन्ज रहेको गीतलाई चन्द्र मगरले लेखेका हुन्। गीतको भिडियोमा नीता ढुंगाना र चन्द्रको अन स्क्रिन रोमान्स रहेको छ।

Nitako Romance 1सजय लामाको कोरियोग्राफर, अर्जुन तिवारीको छायाँकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई इन्दिरा सोहाङले निर्माण गरेकी हुन् भने दिनेश माङ्गामले निर्देशन गरेका छन् ।‘गीत पछिल्लो पुस्तालाई लक्षित गरेर ल्याएको हुँ’ टंकले भने।

Nitako Romance 5

उनका अनुसार गीतलाई पार्टी वा अन्य फक्सन तथा रमाइलो बाताबरणमा अवस्य बज्ने गरी बनाइएको छ । टंकका यस अघि काली तिम्रो नजरैले…, घण्टी बज्यो…, तिमीले बाटो फेरेयौ जस्ता धेरैको रोजाइमा परेका गीत हुन्।

Nitako Romance 2

प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।