काठमाडौ। अल्बानियाको जिजर नामक टेलिभिजन च्यानलले टपलेस समाचार वाचिकाहरुले समाचार पढ्ने रोचक न्यूज बुलेटिन सुरु गरेको छ । सबैजसो न्यूज बुलेटिनमा टपलेस न्यूज एंकर नै हुन्छन्।

Topless News Reader
Topless News Reader

समाचार वाचिकाहरुले बटन खुलेको ज्याकेट लगाएका हुन्छन् । जसबाट उनीहरुका वक्षस्थलका केही हिस्सा बाहिरै देखिन्छन् । दर्शक बढाउन पत्रकारलाई नंग्याउने टेलिभिजनको उक्त कृत्यको आलोचना नभएको होइन। तर टेलिभिजनले भने आफ्नो कार्यको बचाउ गर्दै आफुले कुनै अश्लील सामाग्री नबेचेको जिकिर गरेको छ।

टेलिभिजनको प्रचारका लागि मात्र यस्तो कदम चालिएको उसको भनाई छ। टपलेस समाचारले टेलिभिजनको प्रचार त मनग्गे नै भएको छ। समाचार वाचिकाहरु पनि रातारात स्टार बनेका छन्। एकजना टपलेस समाचार वाचिकाका अनुसार उनले पछिल्लो पाँच वर्षदेखि एक स्थानीय टेलिभिजनमा काम गर्दै आएकी थिइन्।

तर उनलाई कसैले पनि मतलब गरेको थिएन । तर जिजर टेलिभिजनमा काम गर्न थालेको ३ महिनामै आफु स्टार बनेको उनको अनुभव छ । समाचार वाचिकाहरुलाई टपलेस भएर समाचार पढ्दा कुनै पछुतो छैन । उल्टै छोटो समयमा स्टार बनेकोमा मख्ख छन् । एजेन्सी
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार । बडादशैंको महाअष्टमी।