काठमाडौ। टर्कीमा आयोजित विश्वव्यापी फेस्टिबल मोडल एण्ड ट्यालेन्टमा नेपालका दुई बालिका पुरस्कृत भएकोमा खुशी व्यक्त गरिएको छ। काठमाडौको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा नेपालवाट सहभागिता जनाएर फर्केकी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्रीले उक्त खुशी व्यक्त गरेकी हुन्।

केही महिनाअघि मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टव्दारा आयोजित लिट्टल च्याम्प बनेका फुंगनाम लिम्बु र याङ्गी केसी पुरस्कृत बनेका हुन्। नेपालको नाम, इज्जत र शान राखेर दुवै पुरस्कृत बालिका गत सोमवार नेपाल फर्केका हुन्। ती दुवै बालिकाले पनि नेपालको नाम राख्न सफल भएकोमा खुशी व्यक्त गरेका छन्।

दुवैका आमाहरुले पनि आफूहरु टर्कीमा गएर विश्वका बालबालिकाहरु माझ आफ्ना छोरीहरुले उत्कृष्टता प्रदर्शन गर्न र गराउन असाध्यै मेहनत गरेको तथा त्यो मेहनतको प्रतिफल पाएको प्रतिक्रिया दिएका छन्।

मर्निङ ग्लोरी इन्टरटेन्मेन्टका फाउण्डर चेअरमेन दिनेश खनालले दुवै बालिका नेपालको शान तथा गौरब भएको बताएका छन्। राष्ट्रको गौरब बढाउने यसप्रकारका कार्य गर्न मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट सदा क्रियाशील रहने पनि खनालले भनेका छन्।प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।