काठमाडौ। टर्कीमा फेस्टिबल मोडल एण्ड ट्यालेन्ट वल्र्ड २०१८ संपन्न भएको छ। विश्वका विभिन्न मुलुकवाट भाग लिएको उक्त प्रतियोगितामा नेपालवाट सहभागी दुईजना बालबालिका पनि पुरस्कृत बनेका छन्।

केही महिनाअघि मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टव्दारा आयोजित लिट्टल च्याम्प बनेका फुंगनाम लिम्बु र याङ्गी केसी पुरस्कृत बनेका हुन्। नेपालको नाम, इज्जत र शान राखेर दुवै पुरस्कृत बाल–बालिका सोमवार नेपाल फर्केका छन्। उनीहरुका साथमा गएका मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्री तथा नेशनल डाइरेक्टर अनुप सक्सेना पनि फर्केका छन्। उनीहरुलाई काठमाडौको इन्टरनेशनल एअरपोर्टमा फाउण्डर चेअरमेन दिनेश खनालले स्वागत गरेका थिए।

चेअरमेन खनाल यो नेपालकै गौरबताको सहभागिता तथा उत्कृष्ठता भन्छन्। राष्ट्रको गौरब बढाउने यसप्रकारका कार्य गर्न मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट सदा क्रियाशील रहने पनि खनालले भिजन संसारलाई भनेका छन्।


प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।