turky.2स्तानबुल । टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ । एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन्।

टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरियो। सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन्। टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले बिद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई बिफल बनाउन लागिएको दावी गरेका छन्।

सीएनएनसँग कुरा गर्दै टर्कीका राष्ट्रपतिले आफु स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सवै कुरा नियन्त्रणमा लिने बताए। उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरे। प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भनेपनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन्। संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ। स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ।

turky.1अचानकको कुको खवरले टर्कीका जनता र अन्तराष्ट्रिय समुदायसमेत अलमलमा परेको बीबीसीले जनाएको छ। स्तानबुल र अंकारामा बिष्फोटका आवाज सुनिएको र कु को बिरोधमा सडकमा उत्रिएकाहरुविरुद्ध सेनाले गोली चलाएको सामाजिक संजालमा स्थानीयवासिन्दाले खवर दिएका छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले आगामी केही घण्टा टर्कीमा सत्ता आफ्नो नियन्त्रणमा लिन सैनिक र गैरसैनिक पक्षवीच कडा संर्घष हुनसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्ततराष्ट्रिय समुदायलाई आह्वान गरिसकेका छन्।

यसैवीच शनिवार प्राप्त पछिल्लो समाचार अनुसार टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगानले सैन्य ‘कू’को प्रयासलाई पूर्णरुपमा नियन्त्रण गरिएको दाबी गरेका छन् ।  टर्कीमा सैनिकहरुको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही घन्टामै राष्ट्रपतिले त्यो प्रयास असफल भएको र सरकारले त्यसलाई नियन्त्रणमा लिएको दाबी गरेका हुन्। सरकारले ‘कू’को प्रयासमा संलग्न रहेको आरोपमा १ हजार ५ सय ६३ जना सैन्य अधिकारीलाई पक्राउ गरेको छ भने ३० जना सैन्य अधिकारीहरुलाई बर्खास्त गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

‘कू’ गर्ने प्रयास गरेको सेनाको समूहले बन्दी बनाइएका सेना प्रमुख हुलुसी अकरलाई उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् । टर्कीको अंकारा तथा इस्तानबुललगायतका विभिन्न स्थानमा कब्जा जमाएर बसेका सैनिकहरुले आफ्नो हातहतियार प्रहरीलाई बुझाउँदै आत्मसमर्पण गर्न थालेको पनि बताइएको छ । सैन्य ‘कू’पछिको भिडन्तमा टर्कीको राजधानी अंकारामा कम्तीमा ९० जना सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल साउन १ गते शनिवार ।