Teaching Kanti Accident 1काठमाडौ। काठमाडौको महाराजगंजस्थित टिचिङ्ग अस्पताल र कान्ति अस्पताल पछाडिको पहाडगंज ओरालोनिर भयंकर ठूलो दूर्घटनामा परेर दुई डाक्टरको ज्यान गएको छ।

बानेश्वर स्थित विद्या संस्कार स्कुलको विद्यार्थी बोकेको बा १ प ४३ नंवरको हरियो प्लेटको माइक्रोबस ओरालोनेर ब्रेक फेल भएर अनियन्त्रित बन्दा टिचिङ्ग अस्पतालमा अध्ययनरत एमबीबीएस दुई डाक्टरको ज्यान गएको महानगरिय प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले बताएका छन्।

Teaching Kanti Accident 2

उक्त दूर्घटनामा प्युठान विजुवारका डा.सन्दीप सुवेदी र भारत विहारका डा.सोनी आनन्दको मृत्यु भएको हो। दुवै छाला रोगका विशेषज्ञ हुन।

प्रत्यक्षदर्शी रामकुमार थापाका अनुसार माइक्रोवसको अग्रभाग कच्याककुच्चुक भएको छ। माइक्रोबसमा सवार स्कुले बालबालिकालाई सामान्य चोटपटक लागेको छ। माइक्रोबस चालक अर्जुन सेवा र माइक्रोबसलाई प्रहरी नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ।

Teaching Kanti Accident 3तस्वीर सौजन्य–रामकुमार थापा ।
प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।