miss-kavre-3

काठमाडौ। बौद्धिकतासहितको सौन्दर्य नारा बोकेको मिस काभ्रे २०७३ संपन्न भएको छ। बनेपाको चण्डेश्वरी स्थित अरनिको सभा भवनमा आयोजित कार्यक्रममा यो बर्षको मिस काभ्रे २०७३ को ताज टिना मानन्धरले जितेकी छन्। मिस काभ्रेको अलावा बेस्ट क्याट वाकको अवार्ड पनि टिनाले नै जितेकी छन्।

miss-kavre-5

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना तथा प्रसिद्ध कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा संपन्न मिस काभ्रेको आठौ संस्करणमा फस्ट रनरअप लजना नकर्मी, सेकेण्ड रनरअप सुदिक्क्षा कपाली बनेका छन्। मिस काभ्रेको अन्य टाइटल अवार्ड मध्ये डिसिप्लेनमा लिसा मानन्धर, ब्युटिफुल कम्प्लेक्सन आश्मा लामा, ब्युटिफुल हेयरमा समिक्क्षा लामा, फोटोजेनिक र ड्रेसमा वन्जल श्रेष्ठ, फ्रेन्डसिपमा निशा कोजु, इनरजेटिकमा सजना सेवार्चाय र ब्युटिफुल स्मालमा सरु विष्टले उपाधि जितेका थिए।

miss-kavre-1

विजेताहरुलाई विभिन्न संघ संस्थाबाट अवसरका साथै कार्यक्रमका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुद्धारा उपहार प्रदान गरेकी थिइन्।काभ्रेका सांसद विदुर प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा संपन्न मिस काभ्रेको निर्णायक मण्डलमा बरिष्ठ कलाकार राजु हमाल, भिडियो निर्देशक दिपेन्द्र घिमिरे, मोडल–नायिका इशा चौधरी, चलचित्र निर्माता बिष्णु सिवाकोटी र नेपाल भारत मैत्री जनजागरण अभियानका केन्द्रीय मुख्य संयोजक सूर्य भुसाल र समाज–सेवी एवं महिला ब्यवसायी पविना खड्का रहेका थिए।

miss-kavre-2

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, इतिहासविद ज्ञान काजी मानन्धर र उद्योगपति एवम् समाजसेवी दिलिप कुमार श्रेष्ठलाई आयोजकको तर्फवाट विशेष सम्मान पनि प्रदान गरिएको थियो।

miss-kavre-4प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।