काठमाडौ। नेपालमा इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा टिन प्रिन्सेस् डिभा २०१७ को दोश्रो संस्करण प्रारम्भ भएको छ। यही भाद्र २३ गते काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा ग्रान्ड फाइनल हुने यस टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शो संपन्न भएको छ।

Miss Teen Princess Diva talent 2

ललितपुरको कुपन्डोल स्थित सनराइज क्याफेको सभा भवनमा आयोजित भव्य कार्यक्रममा ट्यालेन्ट–शो संपन्न भएको छ। शनिवार आयोजित ट्यालेन्ट–शोमा प्रतियोगी १५ जना प्रतिभावान किशोरीहरुले आफूभित्रको अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्रतियोगी किशोरीहरुले नृत्य, गायन, बक्तृत्व कला, वाद्य वादनमा पियानो बजाउने लगायत प्रदर्शन गरेका थिए । टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शोका निर्णायकहरुमा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत, ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठ, चर्चित गायिका सविना कार्की र आठौ सिजनकी मिस काभ्रे लजाना नकर्मी रहेका थिए।

कार्यक्रममा प्रतिष्ठित उद्योगपति तथा व्यापारी लक्ष्मीनारायण सुवाल, नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राई लगायत अतिथि थिए। उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसर प्रदान गरिने जानकारी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले दिएकी छन् । नेपालका ख्यातिप्राप्त कोरियोग्राफर राज फैंजुको कार्यक्रम संयोजन तथा कोरियोग्राफीमा टिन प्रिन्सेस् डिभा २०१७ को आयोजना भैरहेको छ।

Miss Teen Princess Diva talent 1प्रकाशन मिति–२०७४ साल भाद्र १७ गते शनिवार ।