Nepali Tipical Food Fest 5

Nepali Tipical Food Fest 1काठमाडौ। हस्पिटालिटी फाउण्डेसन तथा स्नेहा ट्राभल मिडिया नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रदर्शनी काठमाडौको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेनटमा सोमवारवाट शुरु भएको छ।

Nepali Tipical Food Fest 3मनास्लु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसर पारेर नेपाली खानाको प्रमोसनको लागि भएको उक्त प्रदर्शनीमा होटल सांग्रिलाका चिफ एक्जुकेटिभ सेफ महेशराज ढकालको समेत सक्रियता रहेको पाइएको छ। मे ९ तारिखवाट शुरु भएको नेपाली खानाको प्रदर्शनी १६ तारिखसम्म हुने जानकारी पनि चिफ एक्जुकेटिभ ढकालले दिएका छन्।

Nepali Tipical Food Fest 4

प्रदर्शनीमा हिमाल, पहाड र तराईसम्मका नेपाली खानाको प्रदर्शनीमा स्वाद लिन सकिन्छ। प्रदर्शनीमो टिपिकल नेपाली खाना रोटीको रोल, ढिंडो, चिच्चर, सोजु लगायतका खानाहरु राखिएको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशीहरुले मिठो मानेर स्वाद लिएको पाइएको छ। प्रदर्शनी अवधिभर हजारौले अवलोकन गरेर स्वाद लिने दावी आयोजकहरुको रहेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २८ गते मंगलवार ।