काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यका प्रमुख आतिथ्यतामा यो कडा चिसो याममा महान रक्तदान कार्यक्रम भएको छ। काठमाडौंको चण्डोल स्थित विशाल मिलन केन्द्रले टुंडालदेवी मन्दिर परिसरमा शनिवार उक्त महान रक्तदान कार्यक्रम भएको हो।

महान रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए। बिशाल मिलन केन्द्र तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सल्लाहकार समेत रहेका स्वयंसेवी रक्तदाता एवम् जेष्ठ नागरिक समाजसेवी दिव्यमणि दीक्षितलाई महान रक्तदान कार्यक्रममा विशेष सम्मान गरिएको थियो।

बिशेष अतिथि प्रदेश सांसद सीता दाहाल र अतिथि काठमाडौं महानगरपालिका वडा नंबर ४ का लोकप्रिय वडा सदस्य दिनेश महर्जनले क्रमशः दोसल्ला ओढाउनुका साथै फूलको माला पहराएर दीक्षितलाई सम्मान गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।