काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आरधना गरी यो पर्व मनाएका छन्।

महिलाले विहानै उठेर स्नान गरी तीजको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कार्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने कार्य संपन्न गरेका छन्।

तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि आज काठमाडौँको टेकूस्थित ऋषेश्वर महादेव परिसरमा भव्य मेला लाग्यो। अघिल्ला बर्षहरुमा जस्तो यो बर्षको टेकुको मेला अत्यन्त सहज र सरल भएको जिकिर स्थानीय सामाजिक अभियन्ता राजु महर्जनको भनाई रहेको छ।

पोहोर–परार जस्तो भीडभाड नहुनु र भक्तजनले सहज रुपमा दर्शन गर्न पाउनुमा सिस्टम पूर्ण व्यवस्थित भएको जिकिर काठमाडौं महानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष विकास डंगोलको रहेको छ।

श्रीशक्ति समूहका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, उपाध्यक्ष जनक श्रेष्ठको खानेपानी व्यवस्थापनले ऋषेश्वर मेलामा आएका भक्तजनहरुलाई अत्यन्त राहत मिलेको प्रतिक्रिया अभिनेत्री शुभेच्छा थापाले भिजन संसार डटकमलाई दिएकी छन्। प्रत्येक बर्ष ऋषेश्वर महादेवको दर्शन गर्न ऋषेश्वर मेलामा आउने गरेको बताउने अभिनेत्री थापाले पनि यो बर्ष दर्शन गर्न सहज भएको बताएकी छन्।

सानेपाकी १२ बर्षिया स्माइल खरेल भने, भोको पेट तथा चर्को घामका कारण लाइनमा बस्दाबस्दै बेहोश भएपछि तत्काल काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा केन्द्रले प्राथमिक उपचार गरेर ठीक पारेको पाइयो।

ऋषेश्वर मेलामा त्यसरी बेहोश बन्ने स्माइल खरेलसहित तीनजना रहेको स्वयंमसेवी स्वास्थ्यकर्मीले बताएकी छन्। टेकुको ऋषेश्वर महादेव मन्दिरको अलावा मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा श्रद्धालु महिला भक्तजनको विहानैदेखि भीड लागेको थियो।


प्रकाशन मिति–२०७६ साल भदौ १७ गते मंगलवार ।