Texas gola bari–रविन पिया
टेक्सास। अमेरिकाको टेक्सासको अस्टिन शहरमा आइतवार गोलाबारी भएको छ। जुलाई ३१ तारिख आइतवारको विहान यहाँस्थित प्रमुख शहर एवम् प्रसिद्ध ऐतिहासिक छैठो बाटोमा भएको गोलाबारीमा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ।

प्रहरीका अनुसार तीनजना सख्त घाइते भएका छन्। विहानको करिब २ बजेर १५ मिनेट जाँदा भीडवाट चलेको गोली लागेर अन्दाजी ३० बर्षिया महिलाको घटनास्थलमा नै मृत्यु भएको छ। गोलाबारी चल्नुको कारण र गोलाबारी गर्नेको व्यापक खोजी भैरहेको प्रहरीले भनेको छ।

घटना भएको स्थानमा प्रहरीले सुरक्षा कडा गरिएको छ। अमेरिकामा केही समययता यस्ता गोलाबारीको घटना क्रमिक रुपमा बृद्धि भएको पाइएको छ। यस्तो हुनुमा आधारातसम्म डिस्कोथेक तथा डान्सबारमा अत्याधिक मदिरा सेवन गरिनु र होहल्ला भएपछि कुटाकुट हुने अनि अन्तमा गोली चलाउने कार्य भएवाट यस्ता घटना हुने गरेको छ।
प्रकाशन मिति–२०७३ साल साउन १६ गते आइतवार ।