Nepal Bhasha Sankipa prachar 1काठमाडौ। पहिलोपल्ट नेपालमा हुन गैरहेको बृहत नेपाल भाषा चलचित्र महोत्सवको व्यापक प्रचार–प्रसार प्रारम्भ भएको छ। यही पुष २५ गतेवाट बर्षभरि आयोजना हुन गैरहेको नेपाल भाषा चलचित्र महोत्सवको प्रचार–प्रसारको लागि काठमाडौ उपत्यकाका विभिन्न स्थानमा यस महोत्सवका बारेमा जनचेतना अभिबृद्धि कार्यक्रमका साथमा पोष्टर तथा टुल प्रदर्शन गर्ने र टांस्ने कार्य प्रारम्भ गरिएको जानकारी आयोजक नेपालभाषा संकिपा समाजका उपाध्यक्ष एवम् बरिष्ठ चलचित्रकर्मी पवन जोशीले बताएका छन्।

Nepal Bhasha Sankipa prachar 2

पुष २४ गते महोत्सवको भव्य उद्घाटन भएर पुष २५ गते शनिवारवाट काठमाडौको बागबजार स्थित सुविधासंपन्न सिटीम्याक्स हलमा महोत्सव प्रारम्भ हुने भएको छ।

हरेक महिनाको अन्तिम हप्ताको शनिवार सिटीम्याक्स हलमा महोत्सवमा छनौट भएका १२ वटा चलचित्र मध्ये एक चलचित्र दिनभर रोलक्रम अनुसार प्रदर्शन हुने भएको छ। नेपाल भाषाका चलचित्रको उत्थान तथा विकास र प्रवद्र्धनका लागि यस महोत्सव सहयोगी बन्ने आयोजक नेपालभाषा संकिपा समाजका अध्यक्ष सुरेन्द्र तुलाधरले भनेका छन्।

प्रकाशन मिति–२०७२ साल पुष २१ गते मंगलबार ।