काठमाडौं। अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द भएको छ। सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो। यो पटक हिजो शनिबार २२ दिन पुगेको छ।

राजनीतिक अडानका कारण सहमति जुट्ने सम्भावना अझै देखिएको छैन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन रकम नछुट्याएसम्म बजेट स्वीकृत नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान छ।

डेमोक्र्याट्सले ५.७ बिलियन डलरको माग अस्वीकार गरेका छन्। यो अन्योलका कारण एक चौथाइ संघीय सरकार मातहतका कार्यालय बन्द छन्। ८ लाख कर्मचारीले तलब पाएका छैनन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गरी आवश्यक रकम जुटाउने सम्भावनाको सम्बन्धमा कंग्रेसले नै समस्याको समाधान गर्नु उपयुक्त विकल्प हुने बताएका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुस २९ गते आइतवार ।