Transportation 5काठमाडौ। नेपाल राष्ट्रिय यातायात व्यवसायीमहासंघले एकतर्फी रुपमा ट्राफिक जरिवाना शुल्क बृद्धिको विरोधमा आज विहीवार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भाडाका यातायात साधन बन्द गर्ने निर्णय गरेको छ। सरकारले यस कार्य विरुद्ध विज्ञप्ति जारी गरेर कारवाही गर्ने बताएतापनि महासंघले भाडाका सवारी साधन बन्द गर्ने निर्णय बुधवार नै गरेको छ।

Transportation 2

महासंघले आफूहरुसंग विना परामर्श नलिइकन ट्राफिक प्रहरीहरुलाई १५ प्रतिशत कमिसन दिलाउन सरकारले त्यस्तो अलोकप्रिय निर्णय गरेको विरोधमा बन्द गर्न बाँध्य भएको भनेको छ। महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि बाँध्य भएर देशव्यापी रुपमा भाडाका यातायात बन्द गर्ने निर्णय गरेको बताउदै ट्राफिक प्रहरीको ज्याजतिको विरुद्ध निजी सवारी साधन धनीलाई पनि एकबद्धता जनाउन आग्रह गर्ने निर्णय गरेको बताए।

Transportation 1

उनले भने–‘२५ रुपैयाँबाट एकै पटक २५ सय रुपैयाँ पुर्याउनु ठूलै कमिसनको खेल हो,हामी कानुन मान्न तयार छौ,तर कमिसनको खेलको विरोध गछौं।’ महासचिव सिटौलाका अनुसार देशभर हाल साढे पाँच लाख भन्दा बढी सवारी साधन रहेका छन् । गृह मन्त्रालयले सार्वजनिक सवारीको साधन बन्द नगर्न यातयात व्यवसायीहरुलाई आग्रह गर्दै बन्द गराए कारवाही गर्ने चेतावनी दिएकोछ ।
प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।