Larkyal Lama in Jailकाठमाडौ। एमाओवादीका विवादास्पद निलम्वित सांसद ल्हारक्याल लामा बुधवार ३० लाख धरौटीमा छुटेका छन्। ठगीको आरोपमा बैदेशिक रोजगार विभागले लामासंग ठगी मुद्दाको ३० लाख धरौटी माग गरेपछि लामाले उक्त रकम सहज रुपमा बुझाएर छुटेका हुन्।

लामालाई बुधवार दिनभर विभागले बयान लिएको थियो।अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा र तिरिङडोल्ला लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए।ल्यारक्यालले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको तीन सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक-पटक गरी दुई करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी परेको थियो।

वैदेशिक रोजगारबाट छुटेपछि लामाले आफूलाई सुनुयोजित रुपमा फसाएको र यस बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए। लामाको लकरमा १४ थान गोली भेटिएपछि गत फागुन ३० गते उनी पक्राउ परेका थिए। ६६ हजार ७ सय धरौटीमा छुटेका लामा वैदेशिक रोजगारमा ठगी गरेको मुद्दामा फेरि पक्राउ परेका थिए।प्रकाशन मिति–२०७२ साल चैत्र १० गते बुधवार ।