काठमाडौ। नजिकिदै गरेको दशैंलाई टार्गेट गरेर सरकारले नीजि स्तरवाट खुलेका पसलहरुमा छापा मारेर काम देखाउने गरेको छ। सोही क्रममा नेपाल सरकार आपूर्ति मन्त्रालयको टोलीले सोमबार राजधानीका केही ब्रान्डेड सामग्रीका शो रुमहरुमा छापा मारेको हो।

Branded Sho[काठमाडौको ठमेल स्थित नर्थफेस, दरबारमार्गको बेन्ट्ले, पुमा, नइक, स्टोर वानलगायतका ब्रान्डेट सपहरुमा छापा मारेर सिल गरेका छन्। आपूर्ति मन्त्री शिवकुमार मण्डलको समेत सहभागितामा बलिउडको फिल्म नायकका नायक अनिल कपुरको शैलीमा त्यसरी छापा मारेर सरकार काम देखाउन खोजिरहेको व्यापारीहरुको गुनासो रहेको छ।

महान पर्व दशै लगायतका चाडबाडको मौकापारी छुटको ‘अफर’ भन्दै अत्यधिक बढी मूल्य लिएर सामान बेच्ने गरेको र बिल नदिएको आरोपमा ती पसलहरुमा छापा मारेको जिकिर सरकारी अधिकारीहरुको रहेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र १९ गते सोमवार ।