–सनत कुमार थापा
  (राष्ट्रवादी कवि)

यो भष्ट्राचार भनेको के हो मैले लौन बुझिन !
यति धेरै सम्पत्ति लौ कसरी जोडे झनै बुझिन !!

यहॉ स्पष्टै छ को कसले कति तलब भत्ता पाउछन् !
अनि यो महंगीमा बिचराहरू कसरी बाँचेको छन् !!

यिनीहरू यस्तो भड्किलो जीवन कसरी निर्वाह गर्छन् !
फेरि भष्ट्राचारमा शुन्य सहनशिलता यिनिहरू नै भन्छन् !!

हिजो अध्यारो र चिसो छिडिमा कोचाकोच गरि बसेको !
आज लौ हेर तारे होटेल र रेष्टुरेण्टमा कफी खान पसेको !!

यो धेरै भट्याउनेले कहिले आफूलाई फर्केर हेरेका छन् !
यीनिहरू अझै डेरामा बस्छन कि, भब्य महलमा बस्छन् !!

अझ यिनीहरू नै सुशासनको भाषण धेरै पो गर्छन !
जनता जिलमिलाउन सोझोलाई यिनीहरू फसाउछन !!

यिनीहरू आफूलाई ठान्छन् एक नम्बरको सदाचारी !
लौ हेर अरुलाई देख्छन् सबै भन्दा ठूला भ्रष्टाचारी !!

 

प्रकाशन मिति–२०७६ साल फागुन २३ गते शुक्रवार ।