काठमाडौं। काठमाडौंको पुरानो बानेश्वर स्थित डाईनिङ पार्क रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा गोपाल सिंह द ढावा संचालनमा आएको छ। उक्त ढावा विहीवार देखि संचालनमा आएको हो।

ढावा १५ दिनसम्म संचालनमा रहने जनाइएको छ। त्यस अवधिमा मास्टर सेफ गोपाल सिंह नेतृत्वको सेफको टोलीले ढावा थिममा विभिन्न परिकारहरु तयार पारि ग्राहकहरुलाई पस्कने छन् ।

ढावामा इन्डियन सब कण्टिनेन्टमा प्रचलनमा रहेका स्पाइसी परिकारले स्थान लिने मास्टर सेफ गोपाल सिंहले बताएका छन्। जसमा कवाव, मकैको रोटी, तन्दुरी चिकेन, सिक कवाव, दाल मखनी, मुर्ग मखनी, पाया करी, सर्स्युका साग, बेगनको भर्था समावेश हुनेछन् ।
प्रकाशन मिति–२०७६ साल पुस ११ गते शुक्रवार ।