teaching-hospitalकाठमाडौ। मेडिकल शिक्षामा देखिएका विकृति हटाउन माग गर्दै ९ औं आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीको समर्थन गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका तीन सय आवासीय चिकित्सकले आकस्मिक र शल्यक्रिया बाहेकका पठनपाठनमा काम गर्न छाडेका छन्। आवासीय चिकित्सकहरुले आकस्मिक र शल्यक्रिया बाहेकका काम गर्न छाडेका हुन्।

Dr. Gobinda KCयसैबीच नौ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ। रगतमा अक्सिजनको मात्रा कमी, मांसपेशी बाउँडिने, छाती दुख्ने, रिंगटा लाग्ने समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

डा. केसीको मुटुको चाल कम हुने समस्या देखिएपछि भेन्टिलेटर र डिसिसक मेसिन तयारी अवस्थामा राखिएको चिकित्सकहरुले बताएका छन्। डा. केसी भने सरकारले आफूसँग गरेको सम्झैता कार्यान्वयन नगरेसम्म अनशन नतोड्ने अडानमा छन्।
प्रकाशन मिति–२०७३ साल असोज १८ गते मंगलवार ।