काठमाडौ। डाक्टर गोविन्द केसी जुम्लामा पक्राउ परेका छन्। जुम्लाको निषेधित क्षेत्रमा अनसन बस्न खोज्दा डाक्टर केसी पक्राउ परेको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न खोज्दा डाक्टर केसी पक्राउ परेका हुन्। सरकारले निषेधित गरेको उक्त स्थानमा अनसन बस्न खोजेपछि शनिवार दिउंसो डाक्टर केसीले पक्राउ गरेर जुम्ला प्रहरी कार्यालयमा लगिएको हो।

जुम्ला जिल्ला प्रंहरी कार्यालयमा ल्याइएका डाक्टर केसीले प्रहरी कार्यालयमा नै अनसन बसेर प्रहरीलाई हैरान पारेका छन्।
प्रकाशन मिति–२०७५ साल असार १६ गते शनिवार ।