काठमाडौं। एक पछि अर्को विश्व रेकर्ड राख्दैआएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डाक्टर डीआर उपाध्यायले अर्को रेकर्ड राखेका छन्। त्यो रेकर्ड हो–४५ वटा भिडियो एकै एल्बममा ल्याएर।

डाक्टर उपाध्यायले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याएका हुन। गीतसंगीत तथा विविध विधामा १ सय १० विश्व कीर्तिमान कायमा गरिसकेका डाक्टर उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक–फरक शैलीका गीत श्रोता तथ दर्शकमाझ आएका छन् ।

डाक्टर उपाध्यायको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण भएको थियो।
प्रकाशन मिति–२०७९ साल असोज २३ गते आइतवार ।