काठमाडौ। नेपालको रंगमंचमा डान्सको इतिहासमा पहिलो पल्ट रेकर्ड ब्रेक भएको छ। रंगमंचमा संभवत एकल डान्सको खासै इतिहास नभएको अवस्थामा त्यो रेकर्ड ब्रेक गर्ने कार्य डान्सका अदभूत तथा असाधरण अवतार स्वजन रघुबंशीले गरेको हो।

आइतवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित स्वजन रघुवंशी एकल डान्स कार्यक्रममा लगातार एक पछि अर्को गरेर बेजोड नृत्य प्रस्तुत गरेर स्वदेशी तथा विदेशी सवैलाई तीनछक्कै पारेका छन्। शास्त्रिय नाचवाट शुरु भएको स्वजनको नाच पाटनको ऐतिहासिक कात्तिक नाच देखि अत्याधुनिक साल्सा डान्स समेत गरेर सवैको वाहवाही पाउन स्वजन सफल बनेका हुन्।

दुई घण्टा लामो कार्यक्रममा रंगमंचमा डान्सवाट आगो बाल्ने कार्य नै गर्न गोल्ड मेडलिष्ट डान्सर स्वजनले सफलता प्राप्त गरेका छन्। जसवाट स्वजनका डान्स गुरुआमा हनी श्रेष्ठदेखि गुरुबा संजय शर्मा राजोपाध्यायसम्मले गौरबता व्यक्त गरेका छन्। शताव्दी पुरुष इतिहासविद सत्यमोहन जोशीले समेत स्वजनको डान्स कलाकारिताको खुलेर प्रशंशा गरे।

राष्ट्रिय नाचघरका महाप्रवन्धक राजेश थापाले सांस्कृतिक संस्थानको जागिरे कलाकारिताको परीक्षामा स्वजनले उत्कृष्टता हासिल गरेतापनि आफूले विविध कारणले चाहेर पनि स्वजनलाई जागिर दिन नसकेकोमा लाचारिता व्यक्त गर्दै उनको तारिफ गर्न पछि परेनन्। नृत्य निर्देशक संघ ललितपुर शाखा तथा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा स्वजन एकल नृत्य कार्यक्रम भएको हो। सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायले कार्यक्रम संचालन गरेका थिए।प्रकाशन मिति–२०७५ साल असार ४ गते सोमवार ।