काठमाडौं। नेपाली नृत्य क्षेत्रको उत्कृष्ट नृत्य विद्यालय कामना कला केन्द्र र गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर वीच एकिकृत भएर व्यवसाय प्रारम्भ भएको छ। १६ बर्ष लामो इतिहास वोकेको कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर एकिकृत भएपछि कामना कला केन्द्रले बृहता पाएको छ।

एउटै छानामुनी सवैखाले उत्कृष्ट डान्स सिक्न पाइने र डान्सका लागि आवश्यक गर–गहना तथा ड्रेस पाइनाले सवैलाई सहज र सरल हुन पुगेको हो। काठमाडौंको पुतलीसडकवाट कामना कला केन्द्र चावहिलको गोपीकृष्ण नगर स्थित मालपोत कार्यालय रोडमा स्थान्तर भएपछि बृहतता पाएको हो।

यस कला केन्द्रमा नेपाली नृत्य क्षेत्रका महान गुरुहरु भुवन श्रेष्ठ, प्रदीप श्रेष्ठ, शारदा शर्मा, नृपध्वज खत्री र केशव कोइरालाको संलग्नता र अगुवाई रहेको छ। नृत्यका महान गुरु भुवन श्रेष्ठले विसं.२०५९ साल श्रावण ३० गते कामना कला केन्द्रको स्थापना गरेका हुन्। कामना कला केन्द्र नृत्य क्षेत्रको गौरबशाली तथा उत्कृष्ट नृत्य विद्यालय हो।

जहाँवाट हालसम्म हजारौ विद्यार्थीहरु प्रशिक्षित बनेर कयन प्रतिभाशाली कलाकार बनिसकेका छन्। कति स्वदेशमा छन् त, कति विदेशमा विशिष्ट स्थानमा रहेर नेपाल र नेपालीको इज्जत बढाउने कार्य गरिरहेका छन्।

तीन दशक लामो अनुभवले खारिएका नृत्य निर्देशक भुवन श्रेष्ठ एकले हाँकिरहेको कामना कला केन्द्रमा अर्का चार हस्तीहरु प्रदीप श्रेष्ठ, शारदा शर्मा, नृपध्वज खत्री र केशव कोइराला थपिएपछि केन्द्रले थप ऊर्जा पाएको छ। त्यो ऊर्जाले नवीन सोच र संरचना पाएको छ।

कामना कला केन्द्रमा सवैखाले डान्स सिक्न पाउनुको अलावा डान्सका गर–गहना देखि डान्सका ड्रेस पाइनुको अलावा यो केन्द्रमा कसैले कुनैपनि स्टेजका प्रोग्राम, विमोचन कार्यक्रम, पत्रकार सम्मेलन लगायतका कार्यक्रम गर्नका लागि पनि आवश्यक व्यवस्था रहेको छ।

यी कार्यहरुले कामना कला केन्द्रले बृहतता पाउंदै गएको संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठको जिकिर रहेको छ। सवैको एकता तथा सदभावले कामना कला केन्द्रले अग्रता पाउंदै गएको छ।


प्रकाशन मिति–२०७५ साल पुस २८ गते शनिवार ।