काठमाडौं। शहरी सभ्यताको चरम विकास क्रमसंगै हराउंदै गएको काठमाडौंको मौलिक मूर्त सम्पदा फल्चा अर्थात पाटीपौवाको संरक्षण तथा पूर्नरनिर्माण गर्ने कार्य भएको छ।

यस कार्यमा स्थानीय निकाय तथा प्रदेश सरकारले यस कार्यमा विशेष महत्व र चासो दिन थालेको हो। जसको कारण हराउंदै गएको फल्चा जस्ता मौलिक मूर्त सम्पदाको संरक्षण हुन थालेको छ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १२ ब्रम्हटोलमा रहेको फल्चाको पूर्नरनिर्माण सम्पन्न भएर उदघाटन भएको छ। बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नंबर ९(१) वाट निर्वाचित लोकप्रिय प्रदेश सांसद डा.अजयक्रान्ति शाक्यको पहलवाट उक्त फल्चाको पूर्नरनिर्माण भएको हो।

शनिवार आयोजित कार्यक्रममा सांसद डा.शाक्यले उदघाटन गरेका हुन। वडा दशैंको पञ्चमीका दिन हुने पचिमह (पचली भैरब जात्रा) र १२ बर्षको पचली भैरब जात्रामा विशेष महत्व राख्ने ऐतिहासिक श्वेत भैरब स्थानमा रहेको फल्चा (पाटी) निर्माण भएको जानकारी सांसद डा.शाक्यले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।