काठमाडौं। इजरायलमा नेपाली श्रमिकहरुको माग बृद्धि गर्न र गराउनमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको अहोरात्र मेहनतको परिणाम अव इजरायलमा नेपाली श्रमिकहरु जान पाउने भएको छ। त्यसका लागि नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ। जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो।

इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र)मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो। सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेल(अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले वताएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा. शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरिसकेको छ।
दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन्। सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवा–सुविधा र संरक्षण पाउनेछन् ।


प्रकाशन मिति–२०७७ साल असोज १० गते शनिवार ।