काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा आज बिहीवार अपरान्ह नेपाली समयअनुसार करीब ३ः४५ बजे नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रेउविन रिवलिन बीच करीब २० मिनेट जति टेलिफोन संवाद भएको छ।

संवादमा त्यहाँ रहेको नेपालीहरुको सुरक्षा र उनीहरुको कल्याणका विषयमा केन्द्रीत भएको थियो। यस्तै प्रधानमन्त्री ओलीले इजरायलको ७२ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा शुभकामना समेत व्यक्त गरेका थिए ।

यस्तै नेपाल र इजरायलको दौत्य सम्बन्ध स्थापना भएको ६० बर्षगाँठको उपलक्ष्यमा शुभकामना दिंदै दुई देशको सम्बन्ध अझ प्रगाढ हुंदै जाने कुरा राष्ट्रपति रुवबेन एवं प्रधानमन्त्री ओलीले व्यक्त गरेका थिए।

यस संवादमा प्रधानमन्त्री ओलीले इजरायलले कृषि लगायत विविध क्षेत्रमा गरेको अभूतपूर्व प्रविधिको विकास वारेमा प्रशंसा गर्दै कृषि प्रधान देश नेपालमा उक्त प्रविधिहरु भित्र्याउन इजरायल सरकारले सहयोग गर्ने अपेक्षा समेत गरेका छन्।

इजरायका राष्ट्रपति रेउविन रिवलिनले पनि नेपाललाई चाहिने सहयोग गर्न आफूहरु तयार भएको बताउँदै उनले नेपालीहरु आफन्त जस्तै गरी इजरायलमा बसेका हुँदा चिन्ता नलिन भनेको उच्च समाचार स्रोतले भिजन संसार डटकमलाई बताएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १८ गते विहीवार ।