तेल अबिब, इजरायल। कोरोनाको कहरमा नेपालका लागि इजरायल तथा साइप्रसकी राजदूत डा.अञ्जान शाक्यको व्यापक पहलवाट इजरायल तथा साइप्रसमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने कार्य भएको छ।

इजरायलमा रहेका ३९ जना र साइप्रसमा रहेका ८८ जना गरेर १२७ जना नेपालीहरु शुक्रवार नेपाल फर्केका हुन। यसअघि जुन ३० का लागि तय भएका नेपाल एअरलाइन्सका उडानहरू रद्द भएपछि विभिन्न पक्ष तथा निकायहरुसँगको निरन्तरको छलफल तथा प्रयासपश्चात् इजरायल र साइप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउने साझा प्रयासले अन्ततः सकारात्मक निश्कर्ष प्राप्त गरेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ।

आज शुक्रवार जुलाई ३, २०२० को विहान १०ः१५ मा इजरायलबाट र्साइप्रसको लागि भएको इजरायल एयरलाइन्सको उडानबाट इजरायलमा रहेका ३९ जना नेपालीहरु साइप्रस पुगेका थिए। त्यहाँ साईप्रसबाट नेपाल फर्कन लागेका ८८ नेपालीहरु सहित जम्मा १२७ जना नेपालीहरुलाई लिएर कतार एअरवेजको चार्टर्ड विमान दिउँसो २ बजे साईप्रसको Larnaca International Airpor बाट दोहा हुँदै काठमाडौंका लागि उडेको हो।

नेपाल फर्कन लागेका नेपालीहरुलाई विमानस्थलमा इजरायल तथा साइप्रसका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य लगायत दूतावासका पदाधिकारीहरुले विदाइ गरेका थिए।


प्रकाशन मिति–२०७७ साल असार १९ गते शुक्रवार ।