काठमाडौ। नेपालका बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटालाई हेलिकप्टरवाट शनिवार पश्चिम नेपालको गोरखा लगिएको छ। डा.देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई गोरखा लागिएको हो।

डा.देवकोटाको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्खौली घरमा लगिएको हो। घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी खाने देवकोटाले इच्छा अनुसार त्यहाँ लगिएको हो।

पित्तथैलीको क्यान्सरको कारण लामो समयदेखि उपचार गरिरहेका डा.देवकोटाको अवस्था शुक्रबारवाट गंभीर बनेपछि उनको इच्छा अनुसारका कार्य परिवारजनवाट भैरहेको जनाइएको छ।
प्रकाशन मिति–२०७५ साल जेठ २६ गते शनिवार ।