puss-up-world-record-1

लण्डन। एक मिनेटमा बेलायतमा रहेका ग्राण्ड मास्टर डा.एनजे गुरुङ्गले मोस्ट पुस अप गरेर कीर्तिमान कायम गरेका छन्। आइतवार विहान लण्डनको नर्थहोल्ट पार्क सोसियल क्लबमा आयोजित कार्यक्रममा एक मिनेटमा ९४ पटक पुुस अप गरेर गिनिज बुकको वल्र्ड रेकर्डलाई तोडेका छन्। गिनिज बुकमा यसअघि मोस्ट नकल पुस अप वान मिनेट रेकर्डमा ८४ कायम रहेको छ। जुन रेकर्ड क्यानेडेली नागरिकले राखेका थिए।

puss-up-world-record-2

अव त्यो रेकर्डलाई तोडेर त्यो स्थानमा लण्डनमा रहेका नेपाली डा.एनजे गुरुङ्गले आफ्नो नाम कायम राख्न सफलता पाएका छन्। तेक्वान्दोका आठौं डान समेत रहेका गुरुङ्गले बेलायती क्वालिफाइड अफिसियल, निर्णायक, नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न व्यवसायीक व्यक्तित्व र पत्रकारहरुको माझमा उनले नयाँ कीर्तिमानको दावेदारी प्रस्तुत गरेका हुन्। सम्भवतः दश देखि १२ हप्ताभित्र गिनिज वर्ल्ड रेकर्डले उनलाई विश्वकै पहिलो रेकर्ड होल्डरमा अंकित गर्नेछ।

एनआरएनए आइसीसी युरोप स्पोर्टस टाक्स फोर्सका संयोजक गुरुङ एनजे तेक्वान्दो एकेडेमी यूकेका संस्थापक समेत हुन्। उनी नोआ आर्क स्पोर्ट साइन्स युनिभर्सिटी बिल्डिङ्ग द गडस किङगडम मिसन नामक च्यारिटी संस्था दर्ता गरेर खेलकुद विकासमा खटिने अभियानमा छन्। भविष्यमा तेक्वान्दोबाट नेपाललाई ओलम्पिकमा सहभागिता गराउने उनको अठोट छ।एन्टा यूके अध्यक्ष समेत रहेका गुरुङले सन् २०१२ र २०१६ को ओलम्पिकका लागि संस्थामार्फत आर्थिक सहयोग गरेका थिए।
प्रकाशन मिति–२०७३ साल असोज १७ गते सोमवार