काठमाडौ। सर्वोच्च अदालतको अवहेलना गरेकोमा पक्राउ परेर आज मंगलवार विहानै सर्वोच्च अदालतमा हाजिर गराइएका डा.गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन भएको छ।

डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत सहभागी भए।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन्। प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन्। प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिएका छन्।
प्रकाशन मिति–२०७४ साल पुष २५ गते मंगलवार ।