भक्तपुर। नेपालको बौद्ध अध्ययनका क्षेत्रमा अध्यापक तथा अनुसन्धानधाता डा.जुनु बासुकला रञ्जितकारलाई यसवर्षको सूर्यमाया बुद्धाचार्य स्मृति सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको छ।

भक्तपुरको चाँगु नारायण नगरपालिका अन्तर्गत ल्हासापाकोस्थित मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा श्री महामञ्जुश्री गुरु गुठी संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो सम्मान र पुरस्कार यसवर्ष त्रिविका उप–प्राध्यापक तथा अनुसन्धाता डा.रञ्जितकारलाई प्रदान गरिएको हो।

हर्षरत्न शाक्यको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा बौद्ध विद्वान् डा. केशवमान शाक्यले सो सम्मान र पुरस्कार प्रदान गरेका हुन्। पुरस्कार नगद १० हजार १ रुपियाँका साथमा सम्मनपत्र रहेको छ। पुरस्कृत डा.रञ्जितकारको हालसम्म भक्तपुरको पञ्चदान पर्व, धम्मदूत र चारुमती स्तूप पुस्तक प्रकाशित रहेको छ।

डा.रञ्जितकारले “काठमाडौं उपत्यकाको परम्परागत बौद्ध चित्रकला” शीर्षकमा विद्यावारिधि गरेकी हुन् । कार्यक्रममा भक्तपुरका विभिन्न ३ वटा विद्यालयका ८ जना विद्यार्थीहरुलाई २ हजार नगद सहित छात्रवृत्ति पनि प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल कात्तिक २६ गते मंगलवार।