काठमाडौं। डा.डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला’ सार्वजनिक भएको छ । शशि रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

डा.उपाध्यायको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई सुभाष प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा मनिषा सापकोटा र प्रकाश विकले अभिनय गरेका छन्।

साहित्यकार तथा गीतकार डा.डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो।

प्रकाशन मिति–२०७५ साल चैत्र ३ आइतवार ।