काठमाडौं। देशअनुसारको भेष नयाँशक्ति पार्टीका नेता डा.बाबुराम भट्टराईले गरेका छन्। अर्थात पहिलो पल्ट नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल तथा टोपी लगाएर फोटो खिचे ट्वीट गरेका छन्।

नेपालको प्रधानमन्त्री हुंदासमेत दौरा–सुरुवाल नलगाएका डा.बाबुराम भट्टराईले दौरा–सुरुवालमा सजिएको आफ्नो तस्वीर ट्वीट गरेर गजब गरेका हुन्। राष्ट्रियताको महशुश डा.भट्टराईमा आएको सवैले महशुश गरेका छन्। बिहीबार दौरा–सुरुवालमा सजिएका केही तस्वीरका साथ ट्वीटमा डा.भट्टराईले लेखेका छन्, ‘देश अनुसारको भेष ।

डा.भट्टराईले पहिलोपटक दौरा–सुरुवाल लगाएकोसमेत ट्वीटबाटै खुलासा गरेका हुन् । उनले लेखेका छन्, ‘जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो ।’

उनी एक महिने जनसंवाद यात्राका क्रममा कर्णाली पुगेका हुन् । दौरा–सुरुवालबाट टाढै रहेका उनले यसअघि भादगाउँले टोपी भने लगाउने गरेका थिए । कर्णाली पुगेर उनले दौरा–सुरुवालका साथमा ढाका टोपी लगाएका छन् ।
प्रकाशन मिति–२०७५ साल फागुन ९ गते विहीवार ।