काठमाडौं। भाग्यमानीको भूतै कमारो भनेजस्तै अर्थमन्त्रीवाट निवर्तमान बनेको डेढ हप्ता पनि नवित्दै मन्त्री सरहको सुविधा सहित सरकारको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन्।

पछिल्लो मन्त्रिपरिषद् बैठकले डा.खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका डा.खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वसनीय पात्र डा.खतिवडा भाग्यमानी व्यक्तित्वका रुपमा देखिएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र ३० गते मंगलवार ।