काठमाडौं। मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले पशुपति मृगस्थली क्षेत्रमा राहत वितरण गर्ने कार्य भएको छ।

कोरोनाको महामारीको कारण जारी लकडाउनमा पशुपति मृगस्थली स्थित डा.स्वामी प्रपन्नाचार्य सत्सर्ग एवम् अध्ययन केन्द्रमा आश्रितहरुलाई राहत वितरण गर्ने कार्य भएको हो। जरोकिलो महाअभियानले दाल, चामल, तेल लगायतका खाद्यसामग्री राहतका रुपमा वितरण गरेका हुन्।

मानवअधिकारकर्मी नारायण लिंखा देवानको संयोजनमा जरोकिलो महाअभियानका युवा अभियन्ताहरु अभिषेक जोशी, अमर परियार आर्यले डा.स्वामी प्रपन्नाचार्य सत्सर्ग एवम् अध्ययन केन्द्रका अधिस्थता बासुदेव प्रपन्नाचार्यलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए।
प्रकाशन मिति–२०७८ साल जेठ १ गते शनिवार ।