काठमाडौं। डिजेल बोकेको ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।
काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ। नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ। शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित धादिङ गल्छी गाउँपालिका–६ सत्केरी ढुङ्गामा काठमाडौं आउंदै गरेको डिजेल ट्यांकर सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ ।

ट्यांकरका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय सुजित बोहोरा र सहचालक सकुशल रहेको र सम्पर्कमा आएको प्रहरीले जनाएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले उल्लेख गरेको छ। उद्धार कार्यमा राजमार्ग सुरक्षा पोस्ट आदमघाटबाट सशस्त्र प्रहरीको टोली र गजुरीबाट नेपाली सेनाको फायर फाइटिङ टोली समेत खटिएको थियो।
प्रकाशन मिति–२०७७ साल असोज ४ गते आइतवार ।