काठमाडौ । एकदमै तिख्खर शब्दहरुबाट गीत रचना गर्ने प्रखर गीतकार डिपी परिश्रमीको शब्द रचनामा निर्मित ‘परदेशी छोरो’ को म्यूजिक भिडियो तत्कालै सार्बजनिक भएको छ।

Dol Prasad Dahal- Popular Auditor & Lyirist of Nepal
Dol Prasad Dahal- as known DP Parishrami- Popular Auditor & Lyirist of Nepal

‘परदेशी छोरो’ गीत गीतकार परिश्रमीको आधुनिक गीतिसंग्रह तिर्सना मै समेटिएको एक मार्मिक गीत हो। उमेरले डाँडो काटिसकेको अथवा भन्ने गरिन्छ, डाँडामाथिको जुन डुब्नलाई कति नै वेर लाग्ला र, त्यस्तै अवस्थाकी आफ्नी बुढी आमा घरमा हुन्छिन्।

आफ्ना आमालाई सुखसयलमा राखुँला भन्ने दृढसंकल्प र मनोइच्छा भएकै कारण विदेशिनु परेको भाव दर्शाउँदै रातदिन आमालाई नै छोरोले सम्झिरहेको हुन्छ।
आफ्नो बुढेशकालको सहारा भनौ या आशाका किरण भनाउँदाको छोरो विदेशिएको छ। त्यही परदेशिएको छोरो कहिले आउला भनेर रुदै सम्झदै छोरो हिड्ने बाटोतिर नियालिरहेकी हुन्छिन्, दिनरात तड्पिरहेकी हुन्छिन्।

DP Parishrami's Video

यसर्थमा कि आमाप्रतिको आस्था, मान, सम्मान, आदर र सत्कार त्यसको फलस्वरुप छोरोप्रति आमाको माया ममता स्नेहप्रेम कतिहदसम्म हुँदो रहेछ त त्यसलाई छर्लङ्ग पारिएको छ। चर्चित युवा गायक हेमन्त शर्माको मीठो आवाजमा सजिएको ‘परदेशी छोरो’ भिडियोमा कलाकार सन्तोष मगर र चन्द्रकला भूजेलले निकै मर्मस्पर्षि अभिनयकला पस्केका छन् ।

यसरी अत्यन्तै वास्तविक अनि विरहलाग्दो गीतमा संगीत दिएका छन् देशकै महाचर्चित संगीतकार शम्भूजित बास्कोटाले। त्यस्तैगरी भिडियो सम्पादन रामसिंह भाटले गरेका हुन् भने, छायांकन तथा निर्देशन दयाराम घिमिरेको रहेको छ । दृष्य निर्माण वल्र्ड कभर मिडिया प्रा.लि.ले गरेको छ।

Now Showing Music Video

https://www.youtube.com/watch?time_continue=177&v=n6NA5Sh17Tw
प्रकाशन मिति–२०७४ साल भाद्र ३१ गते शनिवार ।