काठमाडौं। नेपालभाषा तथा नेपाली दुवै भाषामा अत्यन्त क्रियाशील अभिनेता रुपेन्द्र श्रेष्ठ नेपालभाषाका चलचित्रको अभिनयवाट सुपरस्टार नै बनिसकेका छन्।

नेपालभाषाका एक से एक चलचित्रहरुमा विभिन्न फरक भूमिकाहरुमा बेजोड अभिनय गरेर सुपरस्टार बनेका हुन। जसको अभिनयमा खोट लगाउने कुनै ठाउं नभएको कुरा रुपेन्द्रका अभिनयवाट प्रमाणित भैसकेको छ। खुवीबान अभिनेता रुपेन्द्रको अनुहार ख्यातिप्राप्त गायक रामकृष्ण ढकालको अनुहारसंग हल्का कद मिल्ने गरेको छ। यसले गर्दा कतिपय गायक रामकृष्ण ढकाल पो हुन कि भनेर रुपेन्द्रलाई देख्नेहरु झुक्किने पनि गरेका छन्।

यिनै नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ अव नायक मात्र नभइकन गायक पनि बन्ने भएका छन्। आजभन्दा पन्ध्र बर्ष अगाडि रुपेन्द्रले डिम्पल बोलको गीतको संगीत संयोजन हुने कार्य भैरहेको छ। त्यस गीतको संगीतकार पनि रुपेन्द्र आफै बनेका छन्। उक्त जीवनकै महत्वपूर्ण गीतलाई रुपेन्द्र आफैले गाउने भएका छन्।

केही दिनभित्र नै रेकर्ड हुन लागेको डिम्पल बोलको गीतको भिडियो पनि तयार गर्ने चाँजोपाजोमा लागेका रुपेन्द्र डिम्पलवाली नायिकाको खोजीमा रहेका छन्। रुपेन्द्र जतिकै अभिनयमा क्षमतावान रुपेन्द्रको परिवार पनि रहेको छ। पत्नी सरिना बज्राचार्य तथा दुई छोरीहरु सिम्रिक र संकिपा पनि अभिनयमा क्षमतावान कलाकारहरु हुन।

हालै नेवा अर्गनाइजेसनले आयोजना गरेको ग्लोबल नेवाः चिल्ड्रेनस् ट्यालेन्ट कम्पिटिसनमा रुपेन्द्रका दुई छोरीहरु सिम्रिक र संकिपाले टप–थ्री अवार्ड जितेर दुवैले जनही नगद ५ हजार जितेका छन्। संसारभरका नेवाः बच्चाहरुले भाग लिएको उक्त कम्पिटिसनमा दुवै छोरीहरुको फरकखाले बेजोड अभिनयवाट उक्त अवार्ड जितेको रुपेन्द्रले बताएका छन्। छोरीहरुको विलक्षण प्रतिभावाट रुपेन्द्र दंगै परेका छन्। आफ्नो कलाकारिताको विंडो छोरीहरुले थाम्ने निश्चित भएकोमा उनी खुशी पनि देखिएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र २८ गते आइतवार ।