काठमाडौं। एक पछि अर्को गीतका भिडियो रिलिज गरेर चर्चाको शिखरमा रहेका बुनियाद गीतका गीतकार डीपी परिश्रमीको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार परिश्रमीको “मायाको क्या राम्रो आँखा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा पछिल्लो समयकी सर्वाधिक लोकप्रिय गायिका एलिना चौहान र नेपाल आईडलका क्युटेष्ट प्रतियोगी कृशल कँडेलको गायन रहेको छ। डिलाइटेड म्युजिक कंपनीव्दारा सार्वजनिक गरिएको यस गीतको भिडियोमा एलिना र कृशलले नै गजबको अभिनय गरेका छन्।

संगीत मनोहर सुनामको रहेको छ भने, भिडियोको निर्देशन शक्तिप्रज्ज्वल घिमिरेले गरेका हुन्। छायाँकन नमराज घिमिरेले गरेका छन्। प्रवीन थापाले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोको भिडियो प्रोडक्सन ह्वाइट मिडियाले गरेको जनाइएको छ।

प्रकाशन मिति–२०७७ साल कात्तिक १८ गते मंगलवार ।