काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व तीज नजिकिन थालेयता तीज गीतहरु आउनु स्वभाविकता हो। यस स्वभाविकतामा गीतकार डी पी दाहाल परिश्रमीले फिलीली नाच्न मिल्ने तीज गीत ल्याएर तहल्का मच्चाएका छन्।

परिश्रमीको तीज गीतको भाका नै यो तिजमा फिलीली नाचम्ला रहेको छ। यस गीतको भिडियोे डिलाईटेड युटुब च्यानल मार्फत विश्व सांगीतिक बजारमा तहल्कापूर्ण सार्वजनिक भएको छ।

चर्चाको शिखर रहेकी मिठो श्वरकी धनी शान्ति श्री परियारको लोक लयमा आधारित यो गीतको भिडियो पनि गजब नै बनेको छ। भिडियोको नांचमा अब्बल डान्सर एवम् मोडल अञ्जली अधिकारीको तहल्कापूर्ण तीज डान्स । साथमा नयन डिसि, रमा थपलिया र कोरस समूहको अभिनय तथा डान्स रहेकोछ।

गीतमा गीत रचना डी पी दाहाल परिश्रमी, संगीत पुरुषोतम न्यौपाने, एरेन्ज केशब बडुको रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड भएको यस गीतको भिडियोलाई स्मृती तिमिल्सिीनाले निर्देशन गरेकी हुन् । गीतकी प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल रहेकी छन् ।

 

प्रकाशन मिति–२०७८ साल साउन १६ गते शनिवार ।