D Cinema Awardedकाठमाडौ। यही सोमवार हुन गैरहेको डी–सिने अवार्ड २०७२ मा विशेष अवार्डका रुपमा दुई चलचित्रकर्मीलाई छायाँछवि रजत सम्मान र एक पत्रकारलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार दिइने भएको छ।

विविध सांस्कृतिक कार्यक्रम सहित हुन गैरहेको उक्त कार्यक्रममा नेपाल चलचित्रको वितरक तथा निर्माता गोपाल कायस्थ र बरिष्ठ अभिनेत्री गौरी मल्ललाई छायाँछवि रजत सम्मान र चलचित्र पत्रकार डब्बु क्षेत्रीलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी आयोजक डी–सिने अवार्डका प्रमुख शान्तिप्रियले बताएका छन्।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।