काठमाडौं। नेपालमा ब्याप्त डेंगु रोगको माहामारीबाट संक्रमित बिरामी तथा अन्य पीडितहरुलाई मध्यनजर गरेर रक्तदान कार्यक्रम भएको छ। नेपाल स्वयसेवी रक्तदाता समाजको आव्हानमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी२ तथा रिलायन्स फाइनान्स लिमिटेडको आयोजनामा शान्ति वाटिका रत्नपार्कमा रक्तदान कार्यक्रम भएको हो।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा सम्पन्न उक्त रक्तदान कार्यक्रमको सभापतित्व रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा लायन्स क्लब अफ युनाइटेड सेन्ट्रलका अध्यक्ष अनिल श्रेष्ठले गरेका थिए।

सो रक्तदान कार्यक्रममा स्वयंसेवी तवरले आफ्नो शरिरको रगत दान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपालको झण्डा अंकित टी शर्ट,प्रशंसा–पत्र र डोनर पीन प्रदान गरेका थिए। सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ८२ जनाले रक्तदान गरेका थिए।
प्रकाशन मिति–२०७६ साल असोज ४ गते शनिवार ।