Thinle 3काठमाडौ। नेपालको दक्ष जनशक्ति हजारौको संख्यामा विदेश पलायन भैरहेको अवस्थामा ग्रामिण बस्तीहरुमा अनेकन समस्याहरु हुन थालेका छन्।

दक्ष जनशक्तिको अभावको कारण भनेजस्तो विकास हुन नसकेको बर्तमान यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत गर्न र विकट हिमाली जिल्ला डोल्पाको समस्याको बास्तविक कथाको प्रधानमन्त्रीलाई अवगत गर्न विश्वप्रसिद्ध चर्चित चलचित्र क्याराभानका नायक थिन्ले लोन्डुप सोमवार काठमाडौ आएका छन्। काठमाडौमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर नायक लोन्डुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोटो भेटवार्ता गरेर ज्ञापन पत्र दिन भ्याएका छन्।

Thinle 2

 

डोल्पाका स्थानिय बासिन्दाहरुको बर्तमान समस्याका बारेमा ज्ञापन पत्रमा उल्लेख गर्दै समाधानका लागि प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेका छन्। विशेषत यतिखेर विकट हिमाली जिल्ला डोल्पाको सालडाङ्ग गाविस ५ मा बन्यजन्तुले हैरानपार्ने गरेको छ। पाकेको बालीनाली विगार्ने तथा खाइदिने र घरपालुवा जनावरलाई ती बन्युजन्तुवाट जोगाउनै डोल्पावासीलाई हैरानी हुनेगरेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ३ गते बुधवार ।