Smart-driving-licence2

काडमाडौ। नेपालमा ड्राइभिङ्ग लाइसेन्स अव स्मार्ट कार्डमा उपलव्ध हुने भएको छ। यही मंसिर २० गतेबाट पहिलो चरण बागमती अंचलबाट ड्राइभिङ्ग लाइसेन्सलाई स्मार्ट कार्डमा उपलव्ध गराउने अन्तिम तयारी पूरा गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात विभागले जनाएको छ।

विभागले एसियाली विकास बैंक एडीबीको सहयोगमा संचालित सूचना तथा संचार प्रविधि विकास आयोजना अन्तर्गत उक्त स्मार्ट कार्ड जारी गर्न लागेको हो। बागमती अंचलको सफल परिक्षण पश्चात नेपालभर ड्राइभिङ्ग लाइसेन्स स्मार्ट कार्डमा परिणत हुंदैजाने भएको छ। आज सोमवार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट कार्डको नमूना र अनलाइन रजिष्ट्रेसन सिस्टमको उदघाटन गरेका छन्।

Smart-Licence1कार्यक्रममा विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले स्मार्ट कार्ड सुरक्षित तथा भरपर्दो र चोरी एवम् नक्कल गर्न नसकिने बताए। आगामी दुई वर्षभित्र हालसम्म जारी भएका करिब २२ लाख ड्राइभिङ्ग लाइसेन्सलाई स्मार्ट कार्डमा परिणत गर्ने विभागले लक्ष्य राखेको छ।

नयाँ ड्राइभिङ्ग लाइसेन्स लिदा र नविकरण गर्ने क्रममा पुरानो ड्राइभिङ्ग लाइसेन्सलाई अनिवार्य रुप्मा स्मार्ट कार्डमा परिणत गरिने स्पष्ट प्रावधान रहेको छ। आगामी आर्थिक बर्षवाट सवारी दर्ता प्रमाण पत्र ब्लु–बुकलाई समेत स्मार्ट कार्डकै रुपमा परिणत गर्ने तयारी विभागको रहेको भनेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १४ गते सोमवार ।